
महोत्तरी। मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भारत साहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।मन्त्री साहले एक विज्ञप्ति जारी गर्दै बकर इदको अवसरमा समस्त मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल वहुधार्मिक, बहुसांस्कृतिक र धर्म निरपेक्ष विशेषतायुक्त राष्ट्र भएकाले राज्यले सबै समुदायलाई समान न्याय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै कोरोना महामारी अन्त्य भइनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सामाजिक दूरी कायम गरेर बकर इद मनाउन विज्ञप्ति मार्फत मुस्लिम समुदायमा आग्रह गरिएको छ ।