
औरही(महाेत्तरी)- महोत्तरीको गौशाला नगरपालिकामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गौशाला नगरपालिका - २ निगौल सडक खण्डमा पेट्रोल पम्प नजिकै भएको दुर्घटनामा अैारही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवकाे घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गाैशलाले जनाए अनुसार सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको प्रदेश नं. २-०२-००१ प ८६७९ नं. को मोटरसाईकल एक आपसमा ठाेक्किएर दुर्घटना भएको हने।
दुर्घटनामा प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल चालक गौशाला नगरपालिका- ४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादवको हात, खुट्टा र टाउकोमा चोटपटकलागी गम्भीर घाईते भएको छ। उनकाे गौशाला स्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भई थप उपचारको लागी काठमाण्डौ लगिएको ईलाका प्रहरी गाैशलाले जनाएको छ ।
त्यसैगरि घटना स्थलमा नै मृत्यु भएको प्रदेश नं. २-०२-००१ प ८६७९ को मोटरसाईकल चालक औरही न.पा. वडा नं. २ बस्ने २४ वर्षीय विवेक यादव शव परिक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे प्रहरीले जनाएको छ ।