महोत्तरी - गाैशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।
मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
घाइते हुनेहरुमा ५० वर्षीया मनमाया पोखरेल, ७० वर्षीया मति देवी महतो, २७ वर्षीया ललिता शर्मा, ४५ वर्षीया निलम देवी शाह, १९ वर्षीय रोशन यादव र वर्षीया अन्दाजी ६० को रामचन्द्र यादव रहेका छन् ।खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।
खेतबाट बेलुका घर फर्कि रहेको बेला एक्कासि जंगलबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताए ।
यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय स्थानीयले बताए।
स्यालको टोकाइबाट घाइते भएकाको प्रादेशिक अस्पताल जनकपुर उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।




