
दिपेश मल्लिक/जनकपुरधााम
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले साक्षर अभियान सफल पार्न शिक्षा निति र कानून बनाउन जरुरी रहेका बताएका छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा सरोकारवाहरु बीच बृहत् शिक्षा सम्मेलनको आयोजनामा प्रमुख अतिथिका आसनवाट बोल्दै मधेश प्रदेशमा पहिलो चरण धनुषा, महोत्तरी, सिरहा, सप्तरी र दोस्रो चरण बारा, पर्सा, रौतहट, सर्लाही गरी दुई चरणमा कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता रहेका धारणा राख्दै उनले शैक्षिक अवस्था, चुनौती तथा अगामी कार्यदशा सम्बन्धी तीनै तहमा सरोकारवालाहरु बीच समन्वय र सहकार्य गरी कमजोर साक्षर अवस्थालाई न्यूनीकरण गरी विधेयक पास गर्न आवश्यकता रहेका बताए।
उनले शिक्षा मन्त्रालयको जिम्मा पाएपछि सवैभन्दा पहिले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन निर्णय गरेको तथा कमजोर अवस्थामा रहेका शिक्षा निति तथा कार्यक्रममा बजेटका भूमिका अहम भएकोले प्रयाप्त बजेट छुट्याउन सरकारलाई आग्रह गरेको गरे ।
उनले मधेश प्रदेशको शैक्षिक अवस्था निकै कमजोर कर्णाली प्रदेशको हाराहारीमा रहेकाले साक्षर प्रदेश बनाउन संघ, प्रदेश र स्थानीय तह तीनवटै निकाय गम्भीर हुन ध्यानाकर्षण गराए ।
सो कार्यक्रममा शिक्षा विकास निर्देशनालयका चूडामणि फुयाँलले संघपछि शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएकाले प्रदेशलाई साक्षर बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय तहका रहेका बताए।
कार्यक्रममा सहभागी स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिहरूले चालु आर्थिक वर्षभित्रै प्रदेशका सबै पालिकालाई घोषणा गर्नुपर्नेसहितका १० बुँदे संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरे ।