महाेत्तरी- कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधमशिलता विकास कार्यक्रम संचालनका लागि मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपाल ललितपुर बिच बुधवार मटिहानी नगरपालिकाको कार्यालयमा साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा र हेफरका अध्यक्ष दाजाङमु शेर्पाले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल , उपप्रमुख मन्जु देवी साह, कार्यक्रम व्यवस्थापक हेफर इन्टरनेशनल नेपालका दिपेश पोख्रेल, वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झा, रतौली युवा क्लवका निर्देशक वैधनाथ चौधरी, बोर्ड सदस्य धर्मेन्द्र राय, नगरपालिकाका वडा अध्यक्षहरु शिवशंकर कुमार राय, नाजिर मिया लगायतकाहरु उपस्थित रहेका थिए।




हेफरले कृषि, पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम गर्नेछ। सम्झौता अवधी ३ फागुन २०७९ गते देखि १६ असार २०८३ सम्म रहने छ भने यसको कार्यक्षेत्र मटिहानी नगरपालिकाको सबै वडाहरु रहनेछ।




