
गोपाल झा, महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् महोत्तरीमा नागरिकता बनाउने सर्बसाधारण सहित विद्यार्थीहरुको संख्या ह्वात्तै बढेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका बर्दिवास , रामगोपालपुर र गौशालामा रहेका इलाका प्रशासन कार्यालयबाट पनी नागरिकता जारी हुनेगरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेब दहालले एसईईको नतिजा सार्वजनिक भएलगत्तै नागरिकता फाँटमा सेवाग्राहीको चाप दोब्बर वृद्धि भएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट दैनिक ४० देखि ५० जना बंसज र १० देखी १५ जना बैबाहिक नयाँ नागरिकता लिने गरेकोमा एसईईको नतिजापछि दैनिक ८० देखि ८५ जनाले बंसज र १० देखी १५ जना सेवाग्राही नया नागरिकता बनाउन आउनेगरेको र दैनिक ७० जनाले नागरीक्ताको प्रतीलिपी दिने सेवा प्रवाह भई रहेको प्रशासकीय अधिकृत सम्भु यादबले जनाएको छ ।
एसईई उत्तीणर् भएपछि बिद्यार्थीहरुले प्राविधिक विषय अध्ययन गर्न र अन्य प्रयोजनका लागि नागरिकता चाहिने भएकाले अहिले नागरिकता बनाउनेको संख्या दोब्बर भएपनी यो सिजनली भएको भन्दै प्रशासकीय अधिकृत यादबले भदौ महिनाको दोश्रो हप्ता पछी पुनः पहिलाको जस्तै संख्या घटने बताउनुभयो । त्यस्तै जिल्ला प्रशासन कार्यालय महौत्तरमिा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड थाम्नै न सकिए पछी जिल्लाका १५ स्थानिय तहका नागरीकहरको थप सहजताका लागी आलो पालो प्रणाली लागु गरीएको छ । यस कार्यालयमा राष्ट्रिय परिचयपत्र समबन्धी कामको चाप दिनानुदिन बढदै गएकको , टाढा टाढाबाट सेवा लिन आउने सेवाग्रहीहरुले टोकन न पाउने समस्यालाई मध्यनजर गर्दै यही श्रावण ८ गते देखी आलो पालो प्रणाली लागु गरीएको छ ।
जस अनुसार आईतबार लोहाारपट्टी र सोनमा त्यस्तै सोमबार भंगहा र सम्सी मंगलबार औरही र बलवा बुधबार मनरा सिस्वा र एकडारा ,बिहीबार मटिहानी र पिपडा र शुक्रबार जलेश्वर र महोत्तरी पालीका चयन गरीएको छ । अहिले यहाँ उपलब्ध जनशक्तीबाट दैनीक १३५ भन्दा बढी जनालाई राष्ट्रिय परिचयपत्र सम्बन्धी काम हुादै आउका छन । राष्ट्रिय परिचयपत्र सम्बन्धी कामको लागी जिल्लाका १५औ स्थानिय तहका नागरीकहरुको लागी आलोपालो प्रणाली लागु गरीएपनी सेवाग्रहीको चाप अनुसार यहाँ आवश्यक प्रविधि र कर्मचारीको व्यवस्था न हुँदा सेवाग्राहीहरु सास्ती खेपी रहेको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी कामको लागी सम्बन्धीत निकायबाट प्रविधि सहितका कर्मचारीको व्यवस्था मिलाउन आबस्यक रहेको वहाँँले बताएका हुन् । यस कार्यालयबाट नागरीक्ता समबन्ध िकामको साथै बैदेशकि रोजगारीमा जानेहरुकोलागी चाहीने राहदानीको फार्म दर्ता सहित दैनीक १५ देखी २० जनाले मधेशी ,आदिबासी जनजाती, दलीत तथा मुसलीम प्रमाणपत्र समेतको सेवा दिईने गरीन्छ ।
त्यस्तै चालु आ.ब.श्रावण २२ गते सम्म १६ बर्ष मुनिका ३५ जना नाबालिक परिचय पत्रको लागी सिफारीस समेत गरीएको प्रशासन साखाले जनाएका छन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् एकै पटक ह्वात्तै भिडभाड बढ्दा नागरिकता बनाउन जाँदा घन्टौंसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।