
महेन्द्रनगर- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई विहिबार ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र महेन्द्रनगरले सम्मान गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा स्थापित ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले नव निवार्चित जनप्रतिनिधिहरूलाई विहिवार एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा सम्मान गरेको हो ।

ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र महेन्द्रनगर की संचालिका ब्रह्म कुमारी गुलाव वहिन जीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख सुखदेव यादव, उपप्रमुख रचना माथेमाका साथै वडा म्बर १ का अध्यक्ष मकेस्वर यादव, २ नम्बर वडाका अध्यक्ष देवु यादव, ६ नम्बर वडा अध्यक्ष विनोद प्रसाद गुप्ता र ७ नम्बर वडाका अध्यक्ष मुवारक कवारीलाई बधाई, शुभकामना एवम् सम्मान गरिएको हो ।
वधाई, शुभकामना एवम् सम्मान कार्यक्रमा नगर भित्र रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको भवनका लागी आर्थिक कठिनाइलाई सहज बनाउँदै लान जनप्रतिनिधिहरुको पहल आवश्यक रहेको सेवा केन्द्रले जानकारी गराए ।

कार्यक्रममा पूर्व वडाअध्यक्ष श्याम यादव, ब्रह्माकुमारी राजयोगमा आवद्ध भाई, वहिन, समाजसेवी, राजनितिकर्मी लगायतको उपस्थिती रहेको थियो ।