
महोत्तरी- महोत्तरी क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी जसपाका डा सुरेन्द्र यादव लाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र राय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
महेन्द्रले २५ हजार ४२० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २९६ मत प्राप्त गरे ।
यस्तै, जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाए ।