
जनकपुरधाम । युरोपियन यूनियनको सहयोगमा क्रिएशन, रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबको साझेदारीमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत युवा पैरवी समूहका रूपमा आबद्ध कार्ड नेपालले सिंगल युज प्लास्टिक न्यूनिकरण र सरसफाइ प्रवर्द्धनका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित परिक्रमा सडक देखि मिट क्याम्पस हुँदै क्याम्पस चौक जाने मार्ग आसपासको बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

२०८१ साल चैत्र ३० गते का दिन मोडल टोल डिजार्इन कार्यशाला पछिको समुदायसँगको फलोअप बैठकमा सफा र स्वच्छ टोल बनाउन समुदायको भुमिका बारे छलफलका साथै टोलमा विद्यमान बर्तमाण समस्याहरु र समस्या सामाधान बारे छल्फल गरीएको थियो। बैठकको निर्णय अनुसार कार्ड नेपालले २०८२ साल बैशाख १ गते बिहान ७ बजे देखि जनकपुरधाम वडा नं. ४ का क्यमपस चौक क्षेत्रमा सिंगल युज प्लास्टीक न्यूनिकरण र सामुहिक सरसफार्इका सम्बन्धमा घरदैलो कार्यक्रम गरेको छ।
कार्ड नेपालले समुदायका अगुवाहरुसंग मिलेर, सिंगल युज प्लास्टिक न्यूनिकरण, फोहरका असर, फोहरका प्रकृति अनुसार छुट्याउने बारे स्थानिय बासिन्हरुलार्इ जानकारी गराउँदै घरदैलो गरेकाछ। टोलीले घरदैलो गर्ने क्रममा फोहरका लागी डस्टबिन राख्न उपयुक्त स्थानहरू चिन्हित गरेको छ, यसले आगामी दिनमा योजनाबद्ध रूपमा फोहर व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ। स्थानीय बासिन्दा, युवा तथा अगुवाहरुले सक्रिय सहभागिता जनाउँदै सफा र स्वच्छ टोल निर्माणका लागि संयुक्त प्रयासको प्रतिबद्धता व्यक्त गरेका छन्।
