
काठमाडौं - जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पुर्जी विरुद्ध कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।
आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालतको अनुमतिपत्र खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानबिन अघि बढाएको छ । त्यसक्रममा मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमत पत्र पनि लिएपछि धरपकड गर्न सक्ने भन्दै सर्वोच्च गएका हुन् ।
सिरोहिया गत २५ बैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।