महोत्तरी – महोत्तरीको वर्दिवास नगरपालिकामा एक २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा बर्दिबास नपा -७ किसानगर बस्ने २६ वर्षीय राजेश मण्डल र २३ वर्षीय अजय ठाकुर रहेको बुझिएको छ।
किसाननगर प्रहरी चौकीका प्रसनि कालसिंह लामाले जनाए अनुसार २१ वर्षीया एक महिलालाई कोहि नभएको बेला तीन चार जना युवकहरु घरमा प्रवेश गरी महिलालाई नियन्त्रणमा लिएर केहि नशालु ट्यावलेट खुवाउनुको साथै नशालु इन्जेक्सन समेत लगाएर वेहोस बनाई बलात्कार गरिएको जस्तो देखिएको छ।
प्रसनि लामाले महिलालार्ई अचेत भएको अवस्थामा घरको आफन्तले देखी प्रहरीलाई खवर गरे लगतै घटना स्थल पुग्दा अनुहार, हात, ढाड तथा पेटमा कोतारिएको घाउ रहेको अवस्था फेला परेको हो ।



पीडित महिलालाई उपचारार्थ बर्दिबास स्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटना स्थलको अवस्था र महिलाको शारीरिक अवस्था देख्दा बलात्कार गरिएको जस्तो देखिएको भए स्वास्थ्य परीक्षणको रिपोर्ट आए पछि मात्र भन्न सकिने उपचारमा संलग्न चिकित्सकले जनाएको छ।
हाल महिलाको अवस्था अलिअली बोल्न सक्ने तत्काल मध्यम अवस्था रहेको छ ।
वारदातमा संलग्न दुई जना फरार रहेपनि अन्य मानिसहरु फरार रहेकोले फरारको पहिचान लगायतको खोजतलास तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ।




