
महोत्तरी। महाेत्तरीकाे साेनमा गाउँपालिकाको अध्यक्ष राज कुमार यादवले बकर इदको पर्वको शुभकामना व्यक्त गरेका छन ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बक्रईदको सुखद उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी तथा देश विदेश्मा रहनु भएका दाजु भाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन ।
यस पर्वले गाउँवासी तथा राष्ट्रमा आपसी भाईचारा सद्भाव र शान्तिका साथै दिगो विकासको गतिलाई स्थायित्व प्राप्त गर्न सबैमा शक्ति प्रदान गरोस एव कोरोना महामारीलाई ध्यानमा राखी भिड्भाड नगरी पर्व मनाउन गाउँपालिका अध्यक्ष राज कुमार यादवले आग्रह गर्दै सुस्वास्थ उन्नति प्रगतिको कामना गर्दौ शुभकामना व्यक्त गरेका छन ।
साथै हाल कोरोना महामारीको संक्रमण बढदो परिस्थितिमा रहेकोले जिल्ला प्रशासन कार्यलयबाट जारी आदेश अनुसार यो पर्व सावधानी र शान्तिपुर्ण तरिकाले मनाई कोरोना महामारी विरुद्ध अभियानमा हामी सबै एक जुट हुन सम्पूर्ण गाउँवासिलाई आग्रह गरेका छन ।