
काठमाडौं। शुक्रबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ७ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।
यसअघि २१ असारमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ रेक्टरस्केलको परकम्प गएको थियो।