
जनकपुरधाम- ‘बेचिन लैजादै गरेका बालिकालाई धम्की दिएर बयार फेर्न लगाएको आरोप’ शिर्षकमा विभिन्न पत्र पत्रिका तथा अनलाईन मिडियामा महिला पुनस्र्थापना केन्द्र (ओरेक) प्रति छापिएको समाचार भ्रमात्मक र सत्य नरहेको भन्दै आपति जनाएको छ ।

ओरेकको प्रदेश २ कार्यालयले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मिडियामा ओरेकलाई मुछेर आरोप लगाउँदै प्रकाशित समाचार कपोकल्पित र वास्तविकत नरहेको जनाएको छ ।
आरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले कहिलेकाँही मिडियाकर्मीहरुले घटनाको बास्तविकतालाई पहिचान नगरी अवास्तविक समाचारहरु वाहिर उजागर गर्दा हिँसा प्रभावितको सवालमा काम गर्ने संघ संस्था, अधिकारकर्मीहरु नै बिना आधार आरोपित हुनुपर्ने र संस्थाको काम प्रति नै प्रश्न खडा गर्ने अवस्था सिर्जना भएको जनाए ।
ओरेकले पहिलो पटक समाचार प्रकाशित हुँदा नै उक्त संप्रेषीत समाचाहरु झुटो भएको भनि मिति २०७८ साउन १ गते नै सम्पूणर् सँचार माध्यमहरुलाई संस्थाले आधिकारीक ध्यानाकर्षण पत्र पठाईसक्दा पनि पुनः उक्त अनुरोधलाई गम्भिर रुपमा नलिई घटना सत्य तथ्य आधार नबुझि पुनः केही मिडियाहरुमा उक्त समाचारहरु आएकोले दुखी भएको जनाएको छ।
ओरेकले प्रकाशित गरेको विज्ञप्ती हेर्नुहोस् जस्ताको त्यस्तै :
[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/07/1-Press-statement_WOREC_Final_1.pdf" title="1 Press statement_WOREC_Final_1"]