
एजेन्सी। भारतको आसाम र मिजोर राज्यको सीमा क्षेत्रमा स्थानीय नागरिक र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी मारिएका छन् ।
सोमबार सीमामा स्थानीय नागरिक र प्रहरीबीच झडप भएको थियो । जसमा आसामका ६ जना प्रहरी मारिएको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पुष्टि गरेका छन् ।
आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ज्यान गुमाउने प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले परिवारमा समवेदना प्रकट गरेका छन्।
घटनाले आफूलाई ठूलो चोट पुर्याएको भन्दै उनले दोषीमाथि कारबाही गरिने बताएका छन्।
भारतका दुई राज्यबीच लामो समयदेखि सीमा विवाद चल्दै आएको छ। ६ जना प्रहरी जवानको ज्यान गएलगत्तै भारतको केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति स्थापनाको सुनिश्चित गर्न आग्रह गरेका छन्।