
जनकपुरधाम- नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने बताएकी छिन् ।
नेकपा माओवादी केन्द्र धनुषा शाखाद्वारा जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको बताइन् ।
मन्त्री भुसालले २० युनिटसम्म बिजुली निःशुल्क हुनु पर्ने बताईन् । उनले भनिन्, म २० युनिट सम्म विद्युत खपत मात्र गर्ने जनताहरुको लागि निःशुल्क बिजुली सुविधा उपलब्ध गराउने पक्षमा रहेको र यसो गर्ने पाए एक करोडभन्दा अधिक जनता लाभान्वित हुनेछ ।’
उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकांक्षालाई ध्यान दिनु आवश्यक रहेको बताईन् ।
मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगगे कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताइन्।