धनुषा। धनुषाको नगरराईन गरपालिकामा एक सचिव माथि आक्रमण भएको छ ।
नगराइन नगरपालिका–५ गंगुलीका वडा– सचिव सुबोध झालाई साउन ११ गते कार्यालयमै आक्रम भएको हो । स्थानिय ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा, ३० वर्षीय आलोक कुमार झा लगायतका व्यक्तिले सामुहिक रुपमा कार्यालय भित्र पसि संघातिक आक्रमण गरेको सिसितिभि रेकडले देखाएको हो ।साउन ११ गते दिउँसो करिव २ बजे जाँडरक्सी सेवन गरेका आरोपितहरुले वडा सचिवको कार्यकक्षमै पसेर सांघातिक हमला गरेको पिडित सचिवले बताए । उनिहरु जाँड रक्सी खाएर कार्यालयमा प्रवेश गरेका उनीहरुले आधारभुत स्वास्थ्य सेवा कर्मचारीहरुलाई समेत दुव्र्यवहार गर्नुको साथै अश्लिल गालीगलौज र धाक धम्की दिएको बताएका छन् ।
घटनाबारे नगराइन नगरपालिकाका ९ वडाका सचिवहरु कार्यालयको कामकाज बन्द गरेर आन्दोलित भएका छन् । वडा सचिवको कार्यकक्षमै पुगेर आक्रमण घटना हुनु निकै दुःखद र निंदनीय रहेको वडा सचिव धर्मेंद्र मिश्रले बताउनुभयो ।आरोपितहरुलाई गिरफतार गरि हदैसम्मको कानुनी कारवाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते नै उजुरी दिएका छन् ।
हालसम्म आरोपितहरुलाई राजनितिक संरक्षण दिदै गिरफतार नगरिएको पिडित वडा सचिव सुबोध झाले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार घटनाबारे अनुसन्धान भई रहेका छ । हामीले आरोपितहरुको खोजीमा डिएसपी मिश्रले बताउनुभयो ।