
जनकपुर
नेपाली काँग्रसेको १४ औं महाधिवेशन अन्यौलका कारण नेपाली काँग्रेस कमजोर हुनसक्ने आशंका भातृ संगठनका युवा माझ देखिएको छ ।
नेपाली काँग्रेमा आफ्ना भविष्य हेर्दै आएका भातृ संगठनका युवाहरु पटक–पटक महाधिवेशनको कार्यतालिका हेरफेरले गर्दा भविष्य अन्कार हुन हो कि भनेर उनीहरुले शंका गर्न थालेका हुन् ।
वर्तमान अवस्थामा नेपाली काँग्रेसको कान्धमा ठुलो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाएर कार्यन्वयनमा ल्याउनु र नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्णरूपमा संघीय लोकतान्त्रिक गणतन्त्र कायन्वय गराउनु मुख्य चुनौति भएको नेपाली काँग्रेसका युवा नेता कपिल देव यादवले भने ।
२०७२ सालमा संविधान जारी हुँदादेखि नै असन्तुष्टि प्रकट गरिरहेका पक्षको समस्यालाई समाधानको खोजी गर्दै समुदाय र वर्गलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भनी अर्को जिम्मेवारी पनि देखिएको युवा नेता यादवको कथन छ ।
उनले भने, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकोे सरकारले गरेका विभिन्न काण्ड र भ्रष्टाचारहरु को अनुसन्धान गरेर सत्य तथ्य जनताको सामू प्रष्ट पार्नुपर्छ । कोरोनाको महामारीबाट विश्व अछुतो नरहेको बेलामा पनि देशको आर्थिक अवस्थालाई स्थिर राख्दै जनतालाई कोरोनाको महामारीमा रोग र भोकबाट कसरी जोगाउन सकिन्छ यस बारेमा पनि मूल पार्टी नेपाली काँग्रेसले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने छ ।
१४ औं महाधिवेशनको विभिन्न तहका यूवालाई कसरी समावेश गर्न सकिन्छ र आउँदो चुनावमा यूवालाई कसरी आकर्षणको केन्द्र बिन्दु बनाउन सकिन्छ ति सम्पूर्ण जिम्मेवारीहरु अहिले नेपाली कांग्रेसको प्रमुख जिम्मेवारी अन्तर्गत देखिएको छ।
देश, मधेस र प्रदेशको सम्पूर्ण विषयवस्तु माथि विचार गर्दै अगाडि बढनु गाह्रो छैन, तर सोचेको जस्तो सजिलो पनि छैन । ओलि सरकारले गरेका गलती काँग्रेसलाई केही महिनामै सुधार्नुपर्ने र सहि गलतको भागेदारी लिनुपर्र्ने ठुलो चुनौती पनि रहेको युवा नेता यादवको कथन छ ।