
प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले प्रदेश २का सबै संचारगृहहरुमा सौर्यउर्जा जडान गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश २ मा रहेको संचार गृहहरुको आर्थिक भार न्यूनिकरण गर्ने उदेश्यका साथ उक्त योजना ल्याउन लागेको वीरगन्जमा आयोजित एक कार्यक्रममा व्यक्त गरे । निजि लगानीमा चलिरहेका संचारगृहहरुलाई उक्त सहयोग कसरि प्रदान गरिने बिषयमा छलफल भइरहेको बताउदै सम्भवत यसै बर्ष देखि यो कार्यक्रम सुरु गर्ने मन्त्री शर्माले बताए । वीगंजस्थित होटल भिस्वामा आयोजित सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दैै पर्सा काग्रेसमा अहिले पनि गुठउपगुटका कारण पार्टि कमजोर भएको बताए ।
प्रदेश सभा सदस्य भएको तीन वर्ष पश्चात संघीयतालाई बचाउन पार्टिको निर्देशनमा आफू उर्जा तथा खानेपानी मन्त्री बन्दा सम्पूर्ण पर्सेली काँग्रेसीको लागि खुशीको कुरा भएको मन्त्री शर्माको धारणा थियो । आफु काँग्रेसबाट मन्त्री बने तापनि प्रदेश २ को जनताप्रति बफादार भइ काम गर्ने प्रण लिएको पनि औल्याउदै मन्त्री शर्माले भने, मलाई एकदमै न्यून स्रोत साधानमा काम गरेर देखाउने चूनौती छ, तर पनि हिम्मत हारेको छैन, प्रदेश २ को जनता प्रति कर्तव्यनिष्ठ भएर काम गर्छु, । वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष हुदाँ वीरगंजको उद्योग व्यवसायको लागि मात्र नभई वीरगंज रक्सौल क्षेत्रको पूर्वाधार विकासको लागि पनि नेपाल र भारत सरकारको निकायसंग लबिग गर्दै आएको बताए ।
प्रेसयूनियन पर्साको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पस इकाईको प्रध्यापक संघका उपाध्यक्ष कन्हैया झा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व प्रेस यूनियनका पर्सा अध्यक्ष रामनारायण कुर्मीले गरेको थिए भने सहजीकरण किशोर सिंहले गरेका थिए ।