
धनुषा। धनुषामा विद्यालयबाट सहित ३२ वटा कम्पयुटर चोरी भएको छ ।बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट ३२ वटा कम्पयुटर चोरी भएको प्रहरीले जनाएको छ ।
विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिइएको कम्युटर सहित एटा प्रिन्टर र प्रोजेक्टर समेत चोरी भएको छ ।कक्षाकोठाको ढोका फोडेर कम्पयुटर सहितका समान चोरी भएको विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले जानकारी दिए ।
उनका अनुसार दुईवर्ष अघि विद्यार्थीलाई कम्पयुटर शिक्षा दिन भन्दै आफन्त नेपालले १६ वटा कम्प्युटर प्रदान गरेको थियो ।
त्यसै गरी पछि अन्य दुईवटा संघसंस्थले समेत १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको थियो ।बिहान १० बजे शिक्षकहरु पुगेपछि कम्प्युटर चारीको भएको थाहा पाएको प्रधानाध्यापक राउतले बताए ।कक्षा ६,७ र ८ का विद्यार्थीहरुलाई कम्प्युटर कक्षा दिने गरिएको थियो ।
थप अनुसन्धानकालागि आफु लगायतका प्रहरी टोली घटनास्थल प्रस्थान गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरि निरिक्षक तिलक सुनारले बताए ।
