
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा आज साईकल वितरण गरिएको छ ।

बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ तिरचालिस जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले बताउनु भयो ।

यसै वीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले आज विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गर्नु भयो ।

सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताउनु भयो । कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैँन मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह विद्यालयका प्र.अ. राज किशोर चौधरी सहित अभिभावक राजनैतिककर्मी र विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।