
सिरहामा एक निजी विद्यालयका प्रिन्सिपलले समयमै विद्यालयको शुल्क तिर्न नसक्दा सिंगो परिवारमाथि नै कुट-पिट गरेका छन् ।
मिर्चैया नगरपालिका १० मा अवस्थित रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले स्थानीय अशोक साहको परिवारका सदस्यमाथि कुट-पिट गरेका हुन् ।
तीन छोरी र एक छोरा गरी चार जना बालबच्चा रहेको अशोकका कान्छो छोरा नवीनकुमार साह सोही विद्यालयमा युकेजीमा पढ्दैछन् । परिवारजनका अनुसार विद्यालयको ५–६ हजार जति शुल्क तिर्न बाँकी थियो ।
मथिलेश्वर बजारमै पान पसल सञ्चालन गर्दै आएका अशोकले पसलमै रहेका बेला बाँकी पैसा माग्न प्रिन्सिपल साह सोमबार दिउँसो साढे १२ तिर आएको बताए ।
अशोकले लकडाउनले आर्थिक समस्या रहेको भन्दै केही दिनको समय मागेको तर प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द बोल्दै गा-ली गर्न थालेपछि आफूले यसरी नबोल्न भन्दा कुट-पिट गरेको बताए ।
‘लकडाउनले गर्दा व्यापार चलेको छैन । जसोतसो साँझबिहान खाइरहेका छौँ,’ उनले संचाकर्मीलाई भने, ‘त्यसकारण समयमै शुल्क तिर्न सकिनँ । शुल्क दिन्नँ भनेर त मैलै भनेको छैन । केही दिनको समय माग्दा अहिले नै दिनुपर्छ भन्दै उहाँले गाली-गलौज र कुट-पिट गर्न थाल्नुभयो ।’
अशोकमाथि कुट-पिट भइरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यमाथि पनि प्रिन्सिपल साहले कुट-पिट गरेको उनको भनाइ । कुट-पिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् ।
यसमध्ये अशोक र उनकी छोरी सरिता ग-म्भीर छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको पनि फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । अन्यको भने यहीँ उपचार भइरहेको छ ।
यता, घटनापछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया प्रहरीले जनाएको छ । ‘प्रिन्सिपल फरार छन्,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले भने, ‘उनलाई खोज्दैछौँ ।