
रोशन कुमार महतो, बर्दिबास ः महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा ब्रहमस्थानको पुरानो मन्दिर निर्माण थालिएको छ ।
हिन्दु परम्परा अनुसार गाउँको प्रमुख रक्षकको रुपमा मानिने ब्रहम्स्थान (देउता) मन्दिर बनाउन थालिएको हो ।
सडक बिस्तारको क्रममा पुरानो मन्दिर भत्काइएको थियो । ९ जनाको संख्यामा मन्दिर निर्माण समिति गठन गरि चन्दा संकलन मार्फत स्थानीयबासिन्दाले मन्दिर बनाइरहेका छन् ।
मन्दिर निर्माणमा बर्दिबास उधोग बाणिज्य संघका अध्यक्ष प्रलाद कुमार क्षेत्री, बर्दिबास नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष श्याम प्रसाद राउत लगायतले आर्थिक सहयोग गरेका छन् ।
मन्दिर निर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको मन्दिर निर्माण समितिका सचिव ज्ञानेन्द्र महतोले बताए ।