
जनकपुर- जनकपुरधामबाट प्रकाशित भइरहेको जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको शुक्रवार विहान निधन भएको उनका भाई पत्रकार शंकरलाल श्रेष्ठले जानकारी दिएका हुन् । विस २०२७ देखि सक्रिय पत्रकारिता गर्दै आएका उनि नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष लगायतको पदमा पटक पटक निर्वाचित भएर महासंघ धनुषाको जिम्मेवारी सम्हाली सके थिए । उनि विगत केहि महिना देखि आफ्नो छोराहरुका साथ नारायणगढ चितवनमा बस्दै आएका थिए । उनि तत्कालिन जनकपुरधाम नगरपालिकाको वडा नं. १ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । राजनीति देखि पत्रकारिता सम्मको यात्रा तय गरिसकेको उनको निधनले धनुषाका पत्रकारिता क्षेत्रले एउटा असल अभिभावक गुमाएको कुरा वरिष्ठ पत्रकार बीएम खनालले बताए । मदन दाई युवा पुस्ताका पत्रकारहरुका लागि समेत प्रेरणाको श्रोत रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य शैलेन्द्र झाको प्रतिक्रिया रहेको छ । यसै वर्ष मात्र मदनलाल श्रेष्ठ सहित ३ जना वरिष्ठ पत्रकारहरको निधन भइसकेको छ । यस अघि यसै वर्ष दिलिप घिमिरे(हिमज्योती साप्ताहिक), माधव आचार्य (जनआकांक्षा साप्ताहिक) को मृत्यु भइसकेको छ । स्वर्गिय पत्रकार मदन लाल श्रेष्ठ प्रति शिरीष न्युज परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।