
महोत्तरी - महोत्तरीको भंगाहा नगरपालिका ९ भीमगढ़ काे श्री सार्वजनिक माविमा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएकाे छ।
प्रदेश सरकारको “बेटी पढाउ बेटी बचाउ कार्य क्रार्यक्रम ” अन्तर्गत भंगहा नगरपालिकाका नगर प्रमुख संजिव कुमार साहले ४३ जना छात्राहरुलाई साईकल बितरण गरेका हुन् ।
उक्त अवसरमा नगरप्रमुख साहले विद्यालयमा उत्कृष्ट रिजल्ट ल्याउनेलाई एक छात्र र एक छात्रालाई पुरस्कृत गर्ने घोषणा समेत गरे ।
प्रमुख साहले गुणस्तरीय शिक्षाका साथै छोरीहरुको मनोवल बढाउन साईकल वितरणले ठुलो सहयोग मिल्ने बताए । उनले शिक्षा, स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै छोरीहरुलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए।
महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको भन्दै साहले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ । त्यसैले हाम्रा समाजमा महिलालाई सम्मान गर्ने बानि विर्सिदै गईरहेको प्रति उनले सम्मानका साथ छोरीहरुलाई विद्यालय पठाउन सबै अभिभावहरुलाई आग्रह गर्दछु।'
साईकल वितरण कार्यक्रममा भंगाहा नगरपालिका वडा न.९ भीमगढ़का अध्यक्ष, विद्यालयका बिधालय ब्यबस्थापनका अध्यक्ष तथा सदस्य लगायत विद्यालयका प्रधानाध्यापक समेतको र स्थानीयहरुको सहभागिता रहेको थियो ।