
जनकपुरधाममा आज विहान एक युवकको शव फेला परेकाे छ ।
शनिबार बिहान करिब साढ़े पांच बजे जनकपुरधाम स्थित रामानन्द चौकमा एक युवक मृत अवस्थामा फेला परेको हो ।
करिब २४- २५ वर्ष उमेर को उक्त युवकको परिचय खुल्न सकेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले फेला परेको युवकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको छ ।