
ढल्केवर- धनुषाको पुष्पवलपुरमा हायस गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको घटनास्थल मै मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै पूर्वपश्चिम राजमार्ग जाम गर्दा पुष्पवलपुर तनावग्रस्त बनेको छ ।

मंगलबार काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ६०८७ नम्बरको हायस गाडीले विपरिद दिशाबाट आइरहेको प्रदेश २०१००१ प ८५८५ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक सप्तरीको राजविराज नगरपालिका ११ बस्ने द्धारिकाप्रसाद यादवको श्रमती ममताकुमारी यादवको घटनास्थलमै मृत्यु भएको हो ।
उनी मोटरसाइकलको पछाडिमा सवार थिइन् । मृत्यु पश्चात आक्रोशित स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग तीन घण्टा अबरुद्ध गरेका थिए । स्थानीयबासीले १ बजेदेखि ४ बजेसम्म सडक अवरुद्ध गरेका थिए । अबरुद्ध सडक खुलाउन प्रहरीले आश्रुग्यास तथा हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।

आश्रुग्यास तथा हवाई फायरबाट कोही हताहत नभएको उनले जानकारी दिए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । हायस चालक मोरङ्ग विराटनगर १२ बस्ने विरबहादुर बुलन तथा गाडी नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक सुवेदीले जनाए ।