
महोत्तरी। महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागू-औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।
उनका अनुसार औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागू-औषधसहित उनीहरु पक्राउ परेका हुन् ।
