
महोत्तरी। प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित सशस्त्र सीमा बलका एक जवानले एक ८ बर्षे बालकलाई हातपात गरेको भिडियोमा देख्न सकिन्छ । सो दृश्य महोत्तरीको मटिहानीस्थितको रहेको बताइएको छ ।
स्थानीय कृष साह नामक एक युवकले सो भिडियो खिचेर टिकटकमा हालेका छन् । टिकटकमा समेत भाइरल बनेको सो भिडियो अहिले फेसबुकको विभिन्न समूहरुमा फेसबुक प्रयोगकर्ताहरुले सेयर गरेको देखिएको छ ।
नेपाल–भारत सीमामा भारतबाट केही समान साईकलमा लिएर फर्कने क्रममा सशस्त्र प्रहरीका एक जबानले उनलाई रोकेर हातपात गरेको देखिन्छ । ४५ सेकेण्डको भिडियोमा बालकलाई टाउकोमा थप्पड हान्दै जवानले उनको साईकल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
सोही ठाउँ भएर जाने केही महिलाहरुले जबानसँग बालकलाई छाडदिन आग्रह गरिरहेकी देखिएको छ । तर, पनि जबानले ती बालकको साईकल खोस्ने प्रयास गरिरहेको छ । बालक डरले रुँदै साईकललाई कडा रुपले समातेको देखिन्छ । तर, पनि जबानले आफ्नो हठ्ठमा लागेको देखिन्छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।
https://www.facebook.com/104607344773010/videos/173427098222863
बालकले साईकलमा बोरामा केही समान ल्याएको देखिन्छ । ती बोराभित्र के रहेको छ भनेर यकिन गर्न सकिएको छैनन् । बालक साईकल र समान छाडदिन गुहार लगाइरहेको देखिएको छ । तर, पनि सशस्त्र प्रहरीका जबानले उनलाई समातेपछि बालक रुँदै गरेको भिडियोमा देख्न सकिन्छ ।