महोत्तरी । महोत्तरीको गौशला नगरपालिकाको नगर प्रमुख शिवनाथ महतोले वडा - ३ मा पचाइन पोखरी तथा पार्क निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।
गौशला नगरपालिकाले धार्मिक आस्था बोकेको पचाइनलाइ सौन्दर्यकरण गर्न लागेको हो । पर्यटकिय क्षेत्र बनाउने सोचले यो योजना ल्याइएको हो । गौशाला नगरपालिकाको पूर्वी क्षेत्रमा अवस्थित पचाइनबाट पुर्व कालदेखि नै किसानहरुको खेत– खेतमा पानी प्रयोग गर्दै आएकाछन् ।
पचाईन क्षेत्र पर्यटकिए क्षेत्र बन्दै गएपछि बैशाख १ गते पिकनिक मनाउन टाढा –टाढाबाट मानिसहरुको भिड भाड लाग्ने गर्दछन । यसलाई अझै व्यवस्थित गरेर विकाश मुखी बनाउने उदेश्यप्रति गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो प्रतिबद्ध रहेका छन् ।
उक्त योजना २०७८÷०५÷०२ मा श्री पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रा। ली। काठमाण्डौले मु ।अ।का। बाहेक ५ करोड ८५ लाख ६७ हजार २ सय ७६ रुपैयामा सम्झौता गरेका हो । कम्पनीले सो निर्माण २०७९÷०२÷०२ सम्पन्न गरेर दिनुपर्ने जनाइएको छ । योजनाको बजेट श्री संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ६५५ र श्री गौशाला नगरपालिकाको कार्यालयबाट ३५५ लगानीमा निर्माण गर्न लागेको हो ।