
महोत्तरी - प्रदेश २ सरकारले महोत्तरी जिल्लामा २ वटा स्थानीय तह र एक नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर लाई बारुणयन्त्र (दमकल) उपलब्ध गराएको छ।
वारूण यन्त्र पाउने स्थानीय तहहरूमा रामगोपालपुर नगरपालिका,सम्सी गाउँपालिका र नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर महोत्तरी रहेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश २ सरकार आन्तरिक मामिला तथा सन्चार मन्त्रालयले सो तीन ठाँउलाई एक-एक वटा बारुणयन्त्र (दमकल) प्रदान गरेको हो ।
बुधबार जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत प्रसाद साहले रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मण्डल,सम्सी गाउँपालिकाका उपाअध्यक्ष नागिना देवि यादव र नेपाली सेना मध्यपुर्वी पृतनाका प्रतिनिधिलाई दमकलको चाँवी हस्तान्तरण गरेका हुन्।
प्रदेश सरकारले प्रदान गरेको दमकललाई ईलाका प्रहरी कार्यालय रामगोपालपुरमा र सम्सीको सम्सी प्रहरी चौकीमा राख्ने र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने तयारी गरिएको छ ।