
जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट भएको छ ।अस्पतालमा कार्यरत एचए देवेन्द्र ठाकुरमाथि बिहीवार दिउँसो अस्पताल परिसरभित्रै कुटपिट भएको हो ।
अस्पतालको माथिल्लो तल्लामा कर्मचारीको मिटिङ चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समुहले निर्घात कुटपिट भएको हो ।विरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कुटपिट भएको हो ।
कुटपिट गर्ने समुहले अस्पतालभित्र रक्सी खाएर आएर ड्युटी गरेको बताउँदै आएका थिए ।यद्दपी उनी रक्सी खाएर आएको विषयलाई लिएर कुटपिट नभएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
‘जेसुकै कारण भएपनि कानुनी प्रक्रियामा जानुपर्यो नि । यसरी अस्पतालभित्र पसेर गुण्डागर्दी गर्न मिल्छ । घटनाबारे निष्पक्ष छानविन गरि दोषीलाई कडा कारबाही गर्नुपर्छ,’ एक डाक्टरले भने ।कुटपिटबाट घाइते भएका ठाकुरलाई टाउको, छाती लगायतका शरिरका अंगमा चोटपटक लागेको छ ।
उनको समान्य उपचार भएको बताइएको छ ।
यद्दपी विवादको कारणबारे प्रादेशिक अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवसित बुझ्न खोज्दा उनीसित सम्पर्क हुन सकेन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले यस घटनाबारे केही थाहा नभएको बताए ।
https://www.facebook.com/104607344773010/posts/306551164578626/