धनुषा - धनुषा जिल्ला धनौजी गाउँपालिका वडा नं.–२, गौरदाहा बस्ने राजीन्दर महराका १२ कक्षामा अध्ययनरत वर्ष १९ का कृष्ण कुमार राम Blood Cancer -T–Cell Lymphoma बाट ग्रसित भएका छन् ।
उनको उपचार विगत ४ महिनादेखि काठमाडौँको जावलाखेलस्थित Blood & Multispecialty Hospital मा भई रहेको छ ।
निकै नै गरिव परिवारका रामको उपचारमा हालसम्म परिवार तथा आफन्तहरुको सहयोगमा २५ लाख भन्दा बढी खर्च भएको छ । आर्थिक अवस्था कमजोर रहेको उनलाई चिकित्सकको सल्लाह बमोजिम Bone Marrowट्रान्सप्लान्ट गर्नुपर्नेछ । Bone Marrow ट्रान्सप्लान्ट गर्न थप ३० देखि ४० लाखसम्म रुपैयाँ खर्च लाग्नेछ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको उनको उपचार खर्चमा आर्थिक अभाव भएको छ । तसर्थ जीवन मरणको दोसाँधमा रही मृत्युसँग संघर्ष गरिरहेका उनको थप उपचारका लागि आर्थिक सहयोग गरिदिनु हुन पिडित परिवारले सहयोग मनहरुलाई विनम्र अनुरोध सहित हार्दिक अपील गरेका छन् ।
सहयोग गर्न सहयोगी मनहरुले बिरामी कृष्ण कुमार रामको बुवा राजीन्दर महराको बैंक खातामा रकम जम्मा गरि सहयोग गर्न वा प्रत्यक्ष रुपमा भेटेर वा उहाँको फोन नं. 9860290183 र 9818573283 सम्पर्क गरि विरामीबारे वा सहयोग बारे जानकारी लिनु हुन अपिल गरेका छन् । Rajeendar Mahara , AC No= – 0080009235C5 , Century Commercial Bank, Jawalakhel Branch
E–Sewa – 9808155006 Contact No.- 9860290183 / 9818573283
[embed]https://youtu.be/jiBI56b9F_Q[/embed]