
महोत्तरी। महोत्तरीको दुईवटा माविमा १०२ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ । मनरा शिसवा नगरपालिका र सम्सिगाउँपालिकामा रहेको विद्यालयहरुमा आज साइकल वितरण गरिएको हो ।
मनरा शिसवा नगरपालिका वडा नम्बर ४ मा रहेका मुन्सिप माध्यमिक विद्यालय सडहा र सम्सिगाउँपालिका गैढाभेटपुरमा रहेका सार्वजनिक माध्यमिक विद्यालयमा आज साईकल वितरण गरिएका छन् ।बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारद्वारा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत १०२ एक सय दुइ जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा संघिय परिषद सदस्य दिपक झा गुडुले बताए।
यसै बिच मनरा शिसवा नगरपालिकामा रहेको मुन्सिप मा.वि को प्रधानध्यापक मदन सिंह र सम्सिगाउँपालिकामा गैडा भेटपुर स्थित सार्वजनिक मा.वि को प्रधानध्यापक राज नारायण साहको अध्यक्षतामा दुबै विद्यालयमा साइकल वितरण गरिएको छ । मुन्सिप माध्यमिक विद्यालयका ४०जना छात्राहरुलाई र सार्वजनिक विद्यालयका ६२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
महोतरी क्षेत्र नम्बर ४ का सांसद डा. सुरेन्द्र कुमार यादवको प्रमुख अतिथि र प्रदेश सांसद सरोज सिंह कुशवाहाको विशेष अतिथिमा आज छुटा छुटै विद्यालयमा आयोजित एक समारोह बिच छात्राहरुलाई साईकल वितरण गरिएका छन् । सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा समेत सांसद डा. सुरेन्द्र कुमार यादवले बताए ।