
महोत्तरी- आफू विरुद्ध समाचार सम्प्रेषण गरेको भन्दै एजेन्टले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
सर्लाहीको धनकौल ४ घर भएका राजन भनिने ४० वर्षीय कुन्दन कुमार मिश्रा (राजन) ले महोत्तरीको गौशालाबाट संचालित रेडियो रुपान्तरणका पत्रकार गौशला नगरपालिका ५ बस्ने ४० वर्षीय नागेन्द्र साहलाई मोवाईल फोन मार्फत भदौ २४ गते साँझ ज्यान मार्ने धम्की दिएका हुन ।
[caption id="attachment_3746" align="alignnone" width="720"]
एजेन्ट मिश्राले शुरुमा पत्रकार साहलाई फोन गरि समाचार किन, कसलाई साधेर लेखेकोे भन्दै थर्काएका थिए । त्यसपछि एकाएक तिम्रो रेडियोको हरेक कर्मचारीलाई घिसारेर मार्छु भन्दै आफु लगायतका आफ्ना रेडियोकर्मीलाई समेत ज्यानमार्ने धम्की दिएको पीडित पत्रकार साहले बताए ।
कुराकानीको अन्त्यमा गत असारमा टिफर दुर्घटनामा मृत्यु भएका महोत्तरीका एक रेडियोकर्मीलाई आफुले नै हत्या गरेको टेलिफोन मार्फत खुलासा गर्दै एजेन्टले फोन काटेका थिए ।
संप्रशन भएको समाचार यस्तो थियो
विदेश पठाईदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एजेन्ट मिश्राले चौध लाख तीस हजार रकम लिएर वेपत्ता भए ।
गौशाला नगरपालिकाका ३१ बर्षिय छठु राय यादव, ४० वर्षीय सोलीन्दर सहनी, ३४ वर्षीय सिकिन्द्र सहनी, ३५ वर्षीय सुरेन्द्र महरा, २५ वर्षीय अनिल महतो, १९ वर्षीय सुनिल महतो, १९ वर्षीय रामकिशोर मुखिया, औरही नगरपालिका कञ्चनपुर वस्ने ३५ वर्षीय सिरिया महतो, ४० वर्षीय शिवशंकर महतो, ३० वर्षीय बद्रि मुखिया र २० वर्षीय कारी मुखिया संग एजेन्ट मिश्राले रकम ठगि गरि वेपत्ता भएको सम्बन्धी समाचार रेडियो संप्रेशन गरिएको थियो ।
यहि समाचार संप्रेशन भएपछि आफू विरुद्धको समाचार किन संप्रेशन गरेको भन्दै पत्रकार साहलाई ज्यान मार्ने धम्की दिएका हुन् । एजेन्टबाट ठगिएकाहरुको गौशाला नगरपालिका स्थित एक ईट्टा भठ्ठामा दैनिकी ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने गर्छन् । उनिहरुको भेट एजेन्ट कुन्दन कुमार मिश्रसँग ईट्टा भठ्ठा मै भएको थियो ।
एस आर मेनपावर काठमाण्डौबाट उनीहरुलाई दुवईमा मजदुरको काममा पठाईदिने भन्दै उनीहरुको एजेन्टसँग सहमति भएको थियो । प्रति महिना एक लाख असी हजारको दरले पारिश्रमीक पाउने सहमति अनुसार पैसा र पासपोर्ट मिश्रलाई जिम्मा लगाईएको गौशालाका सोलीन्द्र सहनीले बताउनुभयो । पासपोर्ट लिएको छ महिना पछि मिश्राले तपाईहरुको भिसा आएको जानकारी दिएपछि पैसा बुझाईएको सहनीले जानकारी दिनुभयो ।
कोही खेत बेचेर त कोही साहुमहाजनसंग सयकडाको ३ रुपैयाँका दरले ब्याजमा पैसा उठाई मिश्रालाई प्रतिव्यक्ति एकलाख तीस हजार बुझाईएको उनीहरुको भनाई रहेको छ । गत फागुन २४ गते उडानका लागि काठमाण्डौ पुगेका उनीहरु १२ दिनसम्म काठमाण्डौमा अलपत्र अवस्थामा रहेका थिए ।
[caption id="attachment_3747" align="alignnone" width="720"]
पीडित वद्री मुखियाले भन्नुभयो, ‘एकाएक एजेन्ट मिश्रा आफुहरुसँग सम्पर्क तोडे। त्यसपछि आफुहरु काठमाण्डौको गौशालामा रहेको प्रहरी चौकीमा मिश्रा विरुद्ध निवेदन दिएका थियौं । त्यसपछि मिश्रा फरार भएको खवर आफुहरु पाएका थियौ । अनि हामी निराश भई काठमाण्डौबाट आ-आफ्नो घर फर्कियौं ।’
पीडितहरुको अनुसार आठ महिना वित्दा समेत एजेन्ट मिश्राको बारेमा कहि कतैबाट केहि जानकारी हात लागेको छैन । यता साहुमहाजनले आफुहरुसँग पैसाको ताकेता गर्दै आएका छन् । यता उनीहरुको घरपरिवार विचल्लीमा परेको छ ।
गौशाला नगरपालिकामा रहेको वैदेशिक स्वरोजगार कार्यालयमा यहि साउन १२ गते र गौशाला ईलाका प्रहरी कार्यालयमा भदौ १९ गते मिश्रा विरुद्ध उनिहरु न्यायको लागि निवेदन दिएका छन् ।
घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्ने प्रयासमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
भिडियोको लिंकको लागि..........
[embed]https://youtu.be/yWhbwLPhvdE[/embed]