
महोत्तरी- जलेश्वर नगरपालिका ५ को पतैली गाउँमा जन्मेका एक युवाले आफ्नो गाउँलाई डिजिटलाईज गर्न प्रयास प्रारम्भ गरेका छन् ।
गाउँमै फ्रि वाईफाई,सिसिटिभी क्यामेरा,किराना पसलमै अनलाईन भुक्तानी,चौतारा निर्माण र सेन्सर युक्त लाईट जडान गरेर उनले सो प्रयास थालेका हुन । तर त्यसको लागि भने उनले कतैबाट प्रोजेक्ट नपाएको भई उनले आफ्नै लगानीमा सो गर्न लागेका हुन् ।

आफ्नो गाउ जहा आफ्नो बालपन जोडिएको छ, जहाको सडकमा खेलेर हुर्केका छन त्यहा भने उनले आत्म सन्तुष्टीको लागि सामान्य प्रयासमात्र गर्न थालेका हुन् । यस्तो प्रयास गर्ने युवा हुन जलेश्वर ५ का २७ वर्षिय युवा राजेश कुमार राय ।
केहि समय पुर्वमात्र एनसेलको केहि कमजोरी पत्ता लगाएर चर्चा र सम्मान पाएका युवा रायले गाउको विकासमा आफ्नो तिनलाख चौविस हजार खर्चिसकेका छन भने उनी अझै गाउमा गर्नु पर्ने धेरै काम बाकि रहेको भन्दै सक्ने जति प्रयास गर्ने र स्वरुप फेर्नमा आफ्नो तर्फबाट पछि नह्टने बताएका छन् ।
रायले गाउमै रहेको तिन किराना पसलमा क्युआर कोडबाट भुक्तानी गराउने व्यवस्था मिलाएका छन । यसले स्थानियहरु पसलमा जादा पैसा नबोकि मोबाईल लिएर जादा पुग्ने भएका छन । केहिले सुविधा लिईरहेको र विस्तारै यसप्रति आकर्षण वढ्ने राय बताउछन् ।
त्यसतै गाउ स्थित ब्रम्हस्थानमा वृक्षारोपन,चौतारा निर्माण,नेपालकै झण्डा स्थापना र रंगरोगन तथा व्यवस्थापन जस्ता कार्यलाई उनले अगाडी बढाएका छन । ब्रम्हस्थानमै तिन ओटा चौतारा निर्माण गरि विभिन्न ३२ प्रकारका बोटविरुवाहरु परिसरमा लगाएका छन् ।
यता गाउमै चोरीका घटनाहरु नियन्त्रण गर्न स्थानिय तहबाट छुटेके ठाउहरुमा सेन्सर युक्त लाईटहरु जडान गराएका छन भने ६ वटा एचडि सिसिटिभी क्यामेरा जडान गर्न भ्याएका छन । उनले सचेतनाको लागि जिडिटल बोर्ड समेत गाउमा लगाईसकेका छन । यता हाई स्पिडको निशुल्क एक घन्टा तिस मिनेट चलाउन मिल्ने वाईफाई जोन वर्डलिंकको सहयोगमा व्यवस्थापन गरेका छन् ।
करिव ६ वर्ष पहिले महोत्तरीमा फाईवर ईन्टरनेट आउदा उनैले उक्त ईन्टरनेट सेवा गाउमा विस्तार गरेको बताउछन । उनी भन्छन,“अहिले वर्ड लिंकको उपभोक्ता र ईन्टरनेट टिभीको उपभोक्ता सय भन्दा माथी छन । ” आफुले चाहेको सवै सुधार भैसकेपछि स्थानिय तहलाई हस्तान्तरण गर्ने राय बताउछन । उनले काम गर्नु भन्दा पहिले समेत पत्र लेखी नै पालिकालाई उक्त कार्यवारे जानकारी गराईसकेको बताउछन्।
तर अझै गाउमा प्रवेश गर्दा र गाउबाट निस्कदा बाटोमा गरिने खुल्ला दिशावारे उनले स्थानिय तहसंग सहयोगको लागि अपिल गरेका छन् । गाउ भित्र सवै डिजिटल भैरहदा गाउकै मुखमा खुल्ला रुपमा गरिने दिशाले मन खिन्न भएको बताउछन् ।
स्थानिय तह र विभिन्न संघ संगठनले यसवारे जनचेतना जगाउनुका साथै शौचालयकै लागि केहि कार्यक्रम ल्याईदिए सुनमा सुगन्ध थपिने राय बताउछन् ।