
महोत्तरी। संविधानको विरुद्धमा लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीको गौशाला नगरपालिका र धनुषाको बटेश्वर गाउँपालिकामा पनि प्रदर्शन गरेको छ ।
महोत्तरीको गौशाला नगरपालिकाका स्थानीय नेता देवनारायण महतोको नेतृत्वमा गौशाला स्थित गणेश मन्दिर अगाडि शान्तिपूर्ण रूपमा विरोध जुलुस प्रदर्शन गरेको हो।त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकाका स्थानीय युवा नेता अजय राउतको नेतृत्वमा बटेश्वर स्थित महादेव स्थानबाट निस्केको विरोध जुलुस बजार क्षेत्रमा प्रदर्शन गरेको हो ।
मधेसी एकता जिन्दबाद, झुठा मुद्दा फिर्ता गर,संविधान संशोधन गर, रेशम चौधरीलाई रिहा गर लगायतका नारा लगाउँदै कालो दिवस मनाएको हो ।
संविधानमा रहेका त्रुटि नसच्याएसम्म कालोदिवस मनाइरहने नेता राउतले बताए ।
प्रदर्शनीमा स्थानीय लोसपाका नेताकार्यकर्ताहरुको सहभागीता थियो ।


