सप्तरी- सप्तरीमा विषालु सर्पले डँस्दा एक बालिका र एक बालककाे ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको सर्प दंशको कारण ज्यान गएको हो । उनिहरु एकै परिवारका दिदीभाइ हुन्।
राति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो । दुबैजनालाई अस्पतालमा उपचारको क्रम मै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।