सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयका आ'गजनी गरिएको छ। वडाअध्यक्ष गंगाराम सुनार कार्यालय समय बिहान सवा १० बजेसम्म पनि कार्यालयमा नआएको भन्दै स्थानीयले कार्यालयमा आ'गजनी गरि दिएका हुन् ।
कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पे'ट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आ'गजनी गरेका हुन् ।
प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आ'गजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आ'गजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए ।
बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।
वडाध्यक्ष सुनारले भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालय कै ल्याण्डलाइनबाट फोन आयो । मैले फोन रिसिभ गरें । फोन रिसिभ हुने बित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन भन्दै ती युवक कडकिए ? डुलिडुली खाने ? भनेर धम्की दिन थाले । मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें ।’
वडाध्यक्ष सुनारले अगाडि भने, ‘उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम ? भनेर धम्की दिए । र, फोन काटे । त्यस लगतै मैले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भने । त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आयो । तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’
प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । लामिछानेको खोजीकार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । घटननाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।