जनकपुरधाम- राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलले मुलुक अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु पर्ने बताएका छन् ।
उनले देशमा स्थीर र राजनीति स्थायीत्वको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय वा प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
सहिद कृष्णबहादुर राणाको स्मृति दिवसमा सहभागी हुन महोत्तरी आएका नेता प्याकुरेलले वर्दिवासमा संचारकर्मीहरु संग कुराकानी गर्दै अहिलेको शासन व्यवस्था प्रणालीले कहिल्यै पनि कुनै पनि सरकारले पुरा समय ५ वर्ष सत्ता संचालन गर्न नसक्ने भएकोले निर्वाचित कार्यकारी प्रणालीमा जानु पर्ने बताए।
उनले अझ देशमा मिश्रित निर्वाचन प्रणाली पनि खारेज गरिनु पर्ने बताउँदै उनले भने, ‘निर्वाचन प्रणालीमा समानुपातिक सांसदको कुनै अर्थ नभएको र यो समानुपातिक प्रणाली रहेसम्म कुनै पनि पार्टी दुई तिहाई बहुमत प्राप्त गर्न सक्दैन । त्यसैले निर्वाचन प्रणाली संशोधन हुनुपर्दछ । प्रत्यक्ष निर्वाचन प्रणाली मात्र लागु हुनुपर्दछ।’
नेता प्याकुरेलले काँग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका माधव नेपालहरु कुनै हालतमा कम्युनिस्ट हुन नसक्ने जिकिर गरे । उनले माधव नेपालले शेरबहादुर देउवालाई सोधेर पार्टी खोलेको आरोप समेत लगाए ।
माधव नेपालको पार्टी विभाजनले एमालेलाई तीन प्रतिशत पनि असर नपरेको बताउँदै उनले भोलीको राजनीतिक भविष्य देख्नेहरु र खास गरी समानुपातिक सांसदहरु एमाले छोडेर नेपालको पार्टी तिर लागेको आरोप लगाए ।
उनले प्रदेश २ मा एमाले केहि कमजोर भएको स्वीकार गर्दै त्यसमा माधव नेपाल प्रदेश २ कै भएको र उनले आफ्नो नजिककाहरुलाई पहिले पार्टीमा स्थान दिएको हुँदा उनको नजिक भएकाहरु उनै तिर लागेको बताए।
यद्यपी स्थानीय तहमा ५ गुणा बढी आफूहरुको रहेको नेता प्याकुरले बताए ।
उनले एमसीसीको विषयमा अनावश्यक हल्ला भएको बताए । उनले एमाले एमसीसीकै पक्षमा रहेको तर सरकारले संसदमा एमसीसी लागेर छलफल चलाउनु पर्ने बताए । छलफल चले एमालेले आफ्नो आकिारीक धारणा राख्ने उनले जनाए ।
’एमसीसी जनताको हितमा छ । यसको विरुद्धमा नबुझेर अनावश्यक हल्ला गर्नू आवश्यक छैन’, उनले भने ।
प्रतिनिधि सभा बारे बोल्दै उनले सभामुखले आत्मआलोचना नगरेसम्म एमालेले बैठक बहिष्कार नै गरिरहने बताए । नेकपा एमालेले बैठकलाई बहिष्कार गर्दागर्दै पनि संसदबाट बजेट, नीति तथा कार्यक्रम पास गराउनु दुखद भएको नेता पोखरेलको भनाइ छ ।