धनुषा- काेराेना कहरमा ज्यान गुमाउनु भएका गणेशमान चारनाथ नगरपालिका नागरिकहरूकाे परिवारका लागि उपमेयर मीना कुमारी यादवकाे पहलमा नगरपालिकाबाट केही राहत सामग्री उपलब्ध गराइएको छ ।
गणेशमान चारनाथ नगरपालिका वडा नं ३ गंगापुरका मृतक उतिमलाल महताेकाे परिवारका सदस्य अनिता देवी महताे, वडा नं २ राधापुर का ज्ञानकुमार मल्लकाे परिवारका सदस्य संजिव मल्ल, वडा नं १० बरमझियाका सुधा शर्माका परिवार का सदस्य सीता उपाध्याय, वडा नं १० डुमरियाका गणेश कुमार यादवका परिवारका सदस्य नितु यादव, वडा नं ९ बरमझियाका मन्जुला देवी कर्णका परिवारका सदस्य रंजना देवी कर्ण र वडा नं ८ का रामचन्द्र कापरकाे परिवारका सदस्य शिवर्ती देवी कापर समेतलाई ग्यास सिलिन्डर, ग्यास चुल्हाे, कुकर, पानी तताउने जग, सेनिटाइजर, मास्क लगायतका सामग्रीहरू पीडित परिवारहरूलाई उपमेयर मीना यादवले हस्तान्तरण गरेका हुन ।