जनकपुरधाम- श्रोत नखुलेको अवैध लाखौं रुपैयाँ सहित धनुषाबाट १ र रौतहटबाट २ गरी ३ जनालाई प्रहरीले प क्राउ गरेको छ।
चार लाख भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका-८, अकौराबाट एक जनालाई प क्राउ गरेको हो। भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार प क्राउ गरेको हो ।
साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
प क्राउ परेका उनलाई उक्त रकम सहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
त्यसैगरी रौतहटबाट प्रहरीले श्रोत नखुलेको नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित दुईजनालाई प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।
ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी प क्राउ गरेको हो।
प क्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।