धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा १० वेडको अस्पताल निमार्णको लागि शिलान्यास गरिएको छ । बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर क्षेत्री राउत (गणेश)को अध्यक्षतामा विहिवार पालिकामा आयोजित भब्य कार्यक्रमका विच नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अस्पतालको शिलान्यास गरेका हुन् ।
बटेश्वरमा बर्थिङ्ग सेन्टरसहित प्रसुती सेवाको भवन समेत निमार्णाधिन अवस्थामा छ । केन्द्रिय सरकारको १० करोड ८५ लाख रुपैयामा निमार्ण हुन लागेको १० वेडको अस्पताल निमार्ण गर्न बटेश्वर गाउँपालिकालाई ८५ लाख रकम समेत पठाइ सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए ।
बहुवर्षीय योजनाअन्तर्गत निमार्ण हुन लागेकाो यस अस्पतालको निमार्ण गर्न पालिकामा बजेट अभाव हुन नदिने समेत बताए । उनले भने तपाइहरुले अस्पताल निमार्णको काम अगाडी बढाउनुहोस, म माथिल्लो तहबाट रकम अभावमा काम रुक्न नदिने प्रतिवद्र्धता व्यक्त गरे ।
स्वास्थ्य सचिव डा. पोखरेलले आफनो वाल्यकालको अवस्था बटेश्वरमा विताएको सम्झना गर्दै आफनो जन्मभुमिमा आएर अस्पताल शिलान्यास गर्न पाउनु आफनो लागि ठुलो उपलब्धि भएको बताए । अस्पतालमा चिकित्सकीय दरवन्दी थप गर्नेदेखि लिएर उपचार सेवा विश्वसनीय बनाउन प्याथोलोजी सेवा समेत उपलब्ध गराउने बताए । सविच डा. पोखरेलले आफु काठमाण्डौं फर्किए लगतै बटेश्वर गाउँपालिकाको लागि एम्बुलेन्स सेवाको लागि गाडी उपलब्ध गराउने बताए ।
बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले १० वेडको अस्पताल निमार्णपछि यस भेगका जनताहरुले सर्वसुलभ तरिकाले आफनै पालिकाबाट स्वास्थ्य सेवाका ओपिडीदेखि लिएर शल्यक्रियासम्मको सेवा पाउने बताए । उनले भने अहिले हामीलाई स्वास्थ्यमा सानो तिनो समस्या भएको खण्डमा समेत जनकपुर, धरान र भारतमा उपचार गराउन जानुपर्ने बाध्यतालाई हदैसम्म न्युनिकरण गरिने बताए । गाउँपालिका अध्यक्ष राउतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको साथ र सहयोगले चाडै आफनो पालिकाबाट एमविविएस डाक्टरको चिकित्सकीय सल्लाह, सुझाव र चेकजाँचमा स्वास्थ्य सेवा प्रवाह गरिने बताए । जनताको स्वास्थ्य सेवामा सहज पहुँचको लागि पालिकाबाट हुने सहयोग र साथ रहनेमा विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा बटेश्वर गाउँपालिकाका उपाध्यक्ष प्रर्मिला देवी सिंहले यस पालिकामा १० वेडको अस्पताल निमार्ण हुने भएपछि यहाँका जनताले सस्तो र विश्वसनिय उपचार सेवा पाउनेमा आफु विश्वस्त रहेको बताए । उनले भने अस्पताल निमार्णका लागि आ आफनो क्षेत्रबाट सवैको साथ र सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त जोेशी, वडाध्यक्ष हिरालाल महतो,गंगाराम कुँवर, शैलेन्द्र महतो, नेकपा माओवादी केन्द्रका नेता वौएलाल महतो,समाजसेवी रामखेलावन महतोलगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।