महोत्तरी। कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च,जनप्रतिनिधिले लिएका सुविधा,आर्थिक सहयोगको आयव्याय हिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै औरही नगरपालिकाका राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीले नगरपालिकाले कामकाज र हिसाब पारदर्शी गर्न माग राख्दै ८ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
कांग्रेसबाट निर्वाचित मेयर सुनिल यादवलगायतका जनप्रतिनिधिले नगरबासीको मतलाई लत्याएर जनताको भावना विपरित काम गरेको र नगरपालिकालाई भ्रष्टचारको अखडा बनाएको उनीहरूको आरोप छ ।
असोज ७ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका उनीहरुले मंगलबारदेखि नगरपालिकाको गेटमा रिले अनसन सुरु गरेका छन् ।
नगरबाट सम्पन्न भएका कामको आयव्याय सार्वजनिक गर्नुपर्ने, मेयर, उपमेयर र कर्मचारीले लिएका सेवा सुविधा सार्वजनिक गर्नुपर्ने, स्थायी र करारका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको विवरण सार्वजनिक गर्नुपर्ने लगायत १५ वटा शिर्षकका खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग आफूहरुले राखेको लोकतान्त्रिक समाजवादीका नेता दशेर यादवले जानकारी दिए ।
सूचनाको हकको प्रयोग गरी मागिएको सूचना विवरण समेत नगरपालिकाले उपलब्ध नगराएको राजनीतिक दलहरूको भनाइ छ । नगरपालिकाका हरेक शिर्षकमा भ्रष्टाचार भएको यादवले बताए ।
नगरपालिकाका प्रमुख सुनिल यादवले नगरका कामकाजका विषयमा नभई आगामी चुनाव लक्षित आन्दोलन सुरु भएको दाबी गरे । व्यक्तिगत लाभ लिने हिसाबले काम भएका योजनामा नगरले भुक्तानी गर्न नसकेको विषयलाई लिएर विपक्षीले सूचना माग गरेको मेयर यादवले दाबी गरे ।
खर्चको फाँटबारी
[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/10/खर्चको-फाँटबारी.pdf" title="खर्चको फाँटबारी"]
https://aurahimunmahottari.gov.np/
https://www.youtube.com/watch?v=SdiYiYlMyHI
https://www.youtube.com/watch?v=ZJt7TUx4XzM&t=26s