महेन्द्रनगर- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ७ मा खेलकुदकाे क्षेत्रमा विकास गर्ने उद्देश्यले कभर्ड हल भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।
छायाँ केदार ब्याडमिन्टन खेलकुद क्लव महेन्द्रनगरको विशेष पहलमा निर्माण हुन लागेको उक्त कभर्डहलको शिलान्यास प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले गरेका छन् ।शिलान्यास समारोहलाई सम्बाेधन गर्दै खेलकुद मन्त्री सिंहले स्वास्थको लागि खेलकुद अनिवार्य भएकाे बताए । उनले कुनै पनि देशको नागरीक स्वस्थ भए मात्र उसले समाज र देश विकासमा योगदान पुर्याउन सक्ने बताए ।
मन्त्री सिंहले कभर्डहल निमार्णको लागि २५ लाख रुपैया मन्त्रालयबाट विनियोजन गरिएको जनाए । उनले कभर्डहल निर्माणमा अपुग रकम पछि पनि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री सिंहले यस प्रदेशमा खेलकुदको लागि ८ वटा जिल्लामा रहेको कभर्डहलहरुलाई व्यवस्थीत गरी संचालन गर्न, २० ओटा मा.वि विद्यालयमा खेलकुदको लागि खेल मैदान त्यारी गर्न, सार्वजनिक जिम सेन्टर, प्रदेश भित्र खेल खेलाउनको लागी १० वटा प्रदेश टिम निमार्ण गर्न , महेन्द्र नारायण निधि टुर्नामेन्ट आयोजना गर्न , महिलाहरुको लागि महिल सस्कक्ती करण गर्नको लागि साधन सहितको तालिम, वृद्ध आस्रमलाई व्यवस्थित गरि संचालन, बाल आश्रमहरुको भौतिक पुर्वाधार लगायतको व्यवस्थापन लगायतको अन्य व्यवस्थापनको लागि मन्त्रालयबाट वजेट विनियोजन गरेको जनकारी दिए ।
कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले मन्त्रालय तथा अन्य चन्दा दाताहरुल उपलब्ध गराएको सहयोगले कभर्ड हल निर्माणमा जे जति अपुग रकम नगरपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
जिसस धनुषाका सभापति रामदेव यादवले आफ्नो जिवनको धेरैजसो काल खेलकुद मै वितेकोले यहाँ कभर्ड हल निर्माण हुन गइरहेकोमा खुशी व्यक्त गरे । उनले आफ्नो तर्फबाट हुने सहयोग तयार रहेकाे बताए ।
उक्त कभर्ड हल निर्माणको लागि स्थानीय शम्भु घिमिरेले एक कट्ठा एक धुर जग्गादान गरेका छन् ।
कार्यक्रममा नगरपालिका भित्र विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा कभर्ड हल निर्माणको लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
क्लवका अध्यक्ष विरेन्द्र प्रसाद जैसवालको अध्यक्षतामा आयोजित शिलान्यास समारोहमा भंगहा नगरपालिकाका नगर प्रमुख संजिव साह, क्षिरेश्वरनाथ उद्योग वाणिजय संघका अध्यक्ष सुरेश प्रसाद यादव, खेलकुद महासंघ प्रदेश २ का संयोजक कमल किशोर चौधरी, धनुषा जिल्ला प्यावसन अध्यक्ष गणेश साह, क्षिरेश्वरनाथ नगरपालिका प्यावसन नगर अध्यक्ष सुजित कापरी लगायतको अतिथीहरुको उपस्थीति रहेको थियो ।




