महेन्द्रनगर- धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा दसैंको अवसरमा सस्तो बजार आज देखि संचालनमा आएकोछ ।
क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा संचालन भएको उक्त सस्तो बजारको विहिवार एक समारोह बीच क्षिरेश्वरनाथ नगरपालिकाका मेयर याेगेन्द्र पजियारले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख पजियारले यो संघ पुरानो भएपनि पहिलो चोटी निर्वाचन प्रक्रियाबाट आएका कार्यसमितिहरु आफनो कार्यकालको सुरुवात देखि नै निरन्तर केही न केही कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्ति गर्दै दसैं सस्तो बजारले यो ठाउँको रौनक्तामा निखार ल्याउने विश्वास व्यक्त गरे ।
मेयर पजियारले दसैं सस्तो बजारमा उपलब्ध सामग्रीहरुमा कुनै प्रकारको मिसाबट हुन नदिन क्षिरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमाको संयोजत्वमा बनेको अनुगमन समितिले समय समयमा अनुगमन गर्न आग्रह गरे ।
मेयर पजियारले दसैं सस्तो बजार लगाउनमा नगरपालिकाबाट पनि सफाईकर्मी, नगर प्रहरी सहयोगकाे लागि उपलब्ध गराउँदै आएको छ र आगामीदिनमा पनि साथ सहयोग रह्ने प्रतिवध्ता जनाए ।
उनले क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आफनो भवन नरहेकाेमा यहाँका व्यापारी समाजसेवी लगायतको सहयोगमा आफ्नै जग्गा उपलब्ध भए नगरपालिकाबाट भवन निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिवध्ता पनि जनाए ।
मेयर पजियार अहिले पनि कोरोनाको जोखिम कम नभएकोले बजारमा रहेका व्यपारी र ग्राहकहरुलाई समाजिक दुरी कायम गरी खरिद विक्री गर्न आग्रह गर्दै आउने चैत सम्म सम्पूर्ण नगरबासीलाई कोरोनाको भ्याक्सीन लगाइ सक्ने जनाए ।
कार्यक्रममा नगर उपप्रमुख रचना माथेमा, समाजसेवी मित्रलाल गिरी, पूर्व अध्यक्ष रामजी सिंह, इश्वरी प्रसाद अधिकारी, बासुलाल महतो, खेलकुद महासंघ प्रदेश २ का संयोजक कमल किशोर चौधरी, वडानम्बर ४ का वडाअध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल, विभिन्न पर्टी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका सचिव अजय कुमार महतोले गरेका थिए ।




