
महोत्तरी।महोत्तरीको बर्दिबास नगरभित्र विभिन्न धर्मसँग जोडिएका आस्था केन्द्रहरु छन् । ति आस्थाका केन्द्रहरुको जति संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन हुनुपर्ने हो त्यति नभएको बर्दिबासवासीको बुझाई छ । यस्तै बर्दिबासको माइस्थानमा रहेको हिन्दूधर्मालम्वीहरुको आस्थाको केन्द्र तथा प्रख्यात पञ्चधुरा मन्दिरको पनि बर्दिबास नगरपालिकाले संरक्षण र प्रबद्र्धन चासो नदिएको त्यहाँका वासीको गुनासो छ ।
पौराणीक तथा एतिहासिक पञ्चधुरा मन्दिरको ख्यातिअनुसार विकास बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले नगरेको स्थानीयवासीको आरोप छ । उहाँले धार्मिक आस्थासँग जोडिएका स्थानलाई बेवास्ता गरेको छ । नगरप्रमुख कार्कीको कार्यालयकाल समाप्त हुन लाग्दा समेत यि स्थानहरुको विकासमा ध्यान दिइएको छैन ।पञ्चधुरा मन्दिरलाई प्रदेश तथा बर्दिबासकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा सम्भावना बोकेको भएपनि संरक्षरण र सम्बद्र्धनको अभावमा बिलुप्त हुने अवस्थामा पुगेको जनगुनासो सुनिन थालेको छ ।
यस्तै बर्दिबास नगरपालिकाको नेपाली कांग्रेसका युवा नेता प्रहलाद कुमार क्षेत्रीले नगरप्रमुख कार्कीले धार्मिक केन्द्रहरुलाई पाखा लगाउन खोजेको आरोप लगाउनुभयो । उहाँले बर्दिवास नगरपालिका वडा नं. १ स्थित चिहान डाँडामा बर्दिवास टोल सुधार समितिले निर्माण गरेको नवनिर्मिण माँ दुर्गाको मन्दिर उद्घाटन पश्चात कार्यक्रमलाई मंन्दिर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभयो ।
बर्दिवासका मेयर कार्की धर्मको नाममा काखापाखा गदै आईरहेका र नगरको बजेट जति आफनो कार्यकर्ता बचाउ अभियान लगाएको नेता क्षेत्रीले आरोप लगाए । यस नगरपालिकाको प्रत्येक वडामा मन्दिर, मस्जिदलगायत धार्मिक केन्द्रहरु स्थापित छन तर कुनै पनि स्थानको अहिलेसम्म पर्यटकीय हिसाबले बजेट विनियोजन गरेको छैन, यो जनताका लागि दुर्भाग्यको बिषय भएको छ ।
उनले बर्दिवास टोल सुधार समितिका युवाहरुले मिलेर बनाएको मन्दिरको उदाहरण दिँदै भने यसरी एक जुट भएर गरियो भने एउटा मेयरभन्दा बढी विकासका काम गर्न सकिन्छ भन्दै युवाहरुले गरेका कामको प्रसंशा गरे । नेता क्षेत्रीले विजया दसमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना दिए ।
यसैगरी प्रदेश २ सांसद शारदादेवि थापाले विजयादशमी, दीपावली तथा छठपर्वको शुभकमना दिँदै स्थानीयस्तरबाट संकलन गरिएको ३० लाख रुपैयामा निर्माण भएको यस मन्दिरलाई प्रदेशकै धार्मिकस्थलको रुपमा पहिचान दिलाउनका लागि थप कार्यक्रम गर्नुपर्ने सुझाव दिए । उहाँले एउटा मास्टरप्लान गरेर यस ठाउँलाई पञ्चधुरा मन्दिरपछिको दोस्रो पर्यटकीय स्थलको रुपमा विकास गर्न युवाहरु जुट्नु पर्ने भन्दै प्रदेश सांसदको हैसियतले सकेजति सहयोग गर्ने बताए ।







