अछाम- अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।



घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।
से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।




