बिष्णु यादव,महोत्तरी। महोत्तरीको प्रमुख ब्यापारी केन्द्र गौशाला बजारमा प्रत्येक बर्ष भब्यतासाथ वडा दशैमा मनाउदै आएको दुर्गा मेलामा सुरक्षा ब्यबस्था कडा पारेको छ ।
सप्तमीदेखी नैई हजारौको संख्यामा दर्शन गर्न आउने दर्शनार्थीहरुका लागी मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय गौशालाले दुई वटा मोबाईल टोलीलाई गौशालाको पुर्बमा रहेको निगौल चौक र दुर्गा मंदिर परिसर क्षेत्रमा परिचालन गरेको जनाईएको छ ।
मेला अबधिभरी पोकेटमार,मोबाईल चोर,सबारी चोरहरु आउने गरेकोले पहिलो प्राथमिकतामा राखेर नियन्त्रणमा लिई कानुनी प्रकृया अगाढि बढाईने ईप्रका गौशालाका प्रहरी निरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
असोज अन्त अर्थात पुर्णिमासम्म लाग्ने यस मेलामा छिमेकी देश भारतसम्मका दर्शनार्थीहरु आउने गरेको दुर्गा मेला समितीका अध्यक्ष पप्पु गुप्ताले बताए । केहीदिनदेखी निरन्तर रुपमा बजार क्षेत्रमा मोटरसाईकलको चोरी बढेकोले ब्यबस्थित ठाउमा पार्किग गर्न समेत प्रहरी निरिक्षक बस्यालले दर्शनार्थीहरुलाई आग्रह गरेका हुन ।




