महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल औरही नगरपालिका महोत्तरीको आयोजनामा हिन्दुहरुको महान पर्व दशै,दिपावली, छठ पर्व तथा समाचकेवा पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोन गर्दै वक्ताहरुले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लाई देशमा बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न आग्रह गरे।
औरही नगरपालिका का स्थानीय युवा नेता दरेश यादवको विशेष पहलमा आयोजित कार्यक्रमको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक शंकर यादवले गरेका थिए भने प्रमुख अतिथि औरही नगरपालिका नगर उपप्रमुख रेणु झा रहेका थिए ।
त्यसैगरी कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य देवनारायण महतो , ज्ञानु झा, नरेश महतो, नगरपालिका भित्रमा लोसपा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीमा नवप्रवेशी लगायतको सहभागीता रहेको थियो ।
https://www.facebook.com/104607344773010/videos/568316170953998